इलाममा सडक डिभिजन कार्यालयका कर्मचारी कामबीहिन



इलाम। इलामको सडक डिभिजन कार्यालयका आधा दर्जन निजामति कर्मचारी काम बेगर बसेका छन् । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयका कर्मचारी कामबिहिन बनेका हुन । कार्यालयले अहिले पनि पहिलेकै सरह काम गरिरहेको अवस्था छ ।

डिभिजन कार्यालयका कर्मचारीबाहेक अन्य छ जना प्रदेश मातहतका कर्मचारी पनि केही महिनादेखि दिनहुँ आउने जाने गर्छन् । उनीहरु छुट्टै एउटा हाजिरी किताबमा हाजिरी गर्छन ।

उनीहरुलाई कार्यालयको कार्यक्षेत्र पनि तोकिदिएको छैन भने अख्तियारी पनि प्राप्त भएको छैन । त्यसैले जम्माजम्मी हाजिरी मात्र गरेर बस्ने गरेको कर्मचारीको भनाइ छ । काम र बजेटको अख्तियारी, कार्यक्षेत्र, कार्यालय जस्ता कुनै कुराहरु नतोकिँदा काम नभएको कर्मचारीहरु बताउछन् ।

समायोजनमा प्रदेश छानेका कर्मचारीहरुलाई प्रदेश सरकारले यहाँ खटाइएको बुझिए पनि इलाममा उनीहरुका लागि कुनस्तरको, कस्तो र के कार्यालय रहने हो भन्ने अहिलेसम्म पत्तो नपाउँदा अलमलमा परेका छन् ।

सम्बन्धित समाचार