भारत र पाकिस्तानबीच भिडन्त, १५ जनाको मृत्यु



भारत। भारतस्थित जम्मु कास्मिरमा भएको आक्रमणमा एक नेपालीकाे मृत्यु भएकाे छ । भने अर्का नेपाली मूलका एक भारतीय सेनाको समेत मृत्यु भएको छ। नेपालका राइफल म्यान गामिल कुमार श्रेष्ठ पाल्पा निवासी रहेको भारतीय सञ्चार माध्ययम न्युजलाईभ टिभीले जनाएको हाे । आइतबार कुपवारा जिल्लामा भएको गोलाबारीमा गोर्खा रेजिमेन्टका जवान पद्म बहादुर श्रेष्ठ र राईफल म्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको हो।

त्यस्तै नेपाली मुलकै जवान पद्दबहादुर भारतको आसाम गोलाघाट जिल्लास्थित हतिखुली निवासी हुन् । त्यस आक्रमणमा परी दुई सेना र एक नागरिकको मृत्यु भएको थियो । पाकिस्तानले युद्धविरामको उल्लंघन गर्दै युद्ध शुरु गरेकाले घटना घटेको भारतले आरोप लगाएको छ।

भारतले जवाफी आक्रमण गर्दा ६ देखि १० पाकिस्तानी सेनाको मृत्यु भएको भारतीय सेना प्रमुख विपिन रावतले भारतीय संचारमाध्यमलाई बताएका छन्। आक्रमणमा तीन सेनासहित ८ जना घाईते भएको भारतीय प्रहरीले दाबी गरेको छ।

सम्बन्धित समाचार