अबैध लागु औषध खैरो हिरोईन सहित १ जना पक्राउ



मोरङ । मोरङको विराटनगर महानगरपालिका- १५ स्थित १ नम्बर ढाटबाट अबैध लागु औषध खैरो हिरोईन सहित १ जना पक्राउ परेका छन् । आज बिहान ११ बजेको समयमा चेकजाँचमा खटिएको प्रहरीको टोलीले बेलबारी नगरपालिका-६ बस्ने बर्ष ४० को सिद्धि गिरी लाई ५ ग्राम २५० मिलि ग्राम खैरो हिरोईन सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान कार्य गरीरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी ईलाका प्रहरी कार्यालय केराबारीबाट गस्तीमा खटिएको प्रहरीको टोलीले केराबारी गाउँपालिका- ७ बिचटोल बस्ने करण मगरको घरमा लागु औषध सेवन गरीरहेको अवस्थामा बर्ष २० को करण मगर, बर्ष २२ को संदेश चौधरी, बर्ष १९ को शुसिल खेवा र बर्ष १९ को बिशाल चेम्जुङलाई ५०० मिली ग्राम ब्राउन सुगर सहित निजहरुलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बेलबारीमा पुर्‍याएको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार