टेम्पोको भाडाको बिषयमा छुरा प्रहार,एक जना घाईते



धरान। सुनसरीको धरान उपमहानगरपालिका १७ टेम्के मार्गमा छुरा प्रहारबाट एक जना घाईते भएका छन् ।

हिजो साँझ पौने ५ बजे सोही ठाउँका लोकेन्द्र राईलाई टेम्पोको भाडाको बिषयमा छुरा प्रहार भएको थियो । प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार घाइते लोकेन्द्र र २२ बर्षीय सइन्द्र राईको टेम्पो भाडाको बिषयमा धरान १० का २४ बर्षीय समी राई, धरान १८ का २७ बर्षीय तुलबहादुर राई र धरान ११ का १८ बर्षीय अबिराज राईसँग विवाद भएको थियो ।

सोही क्रममा तरकारी काट्ने छुराले लोकेन्द्रको ढाड र टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएका थिए । घाइतेको वीपी प्रतिष्ठानमा उपचार भइरहेको छ भने ईलाका प्रहरी कार्यालय धरानले घटनामा संलग्न ३ जनालाई नै पक्राउ गरे जनाएको छ ।

सम्बन्धित समाचार