हड्डी क्यान्सरबाट पीडित विक्रम योञ्जनको उपचारमा समस्या,सहयोग यसरि गर्नु पर्ने



हेटौंडा। हड्डी क्यान्सरबाट पीडित मकवानपुर जिल्ला कैलाश गाउँपालिका-१ खोलाखर्कका विक्रम योञ्जनको आर्थिक अभावका कारण उपचारमा गर्न समस्या परेको उनका परिवारले जनाएका छन्। ५ महिना काठमाडौंको वीर अस्पताल र चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराएका थिए। उपचार खर्च जुटाउन नसकेपछि वैशाखदेखि घरमै ल्याएर राखेको पीडित विक्रम योञ्जनका बुबा हर्कबहादुर योञ्जनले जानकारी दिए। योञ्जनको खुट्टाको उपचार सम्भव नहुने र काटेर फाल्नुपर्ने चिकित्सकले बताएको उनले  बताए।

उनले पीडित विक्रम योञ्जनको हड्डी ब्लड क्यान्सर भएको र जसको उपचार गर्न लाखौं रुपैयाँ लाग्ने तर आफूसँग नभएको  बताएका हुन्। हर्कका  अनुसार उपचारमा हालसम्म ५/६ लाख भन्दामाथि सकिएको र अझै लाखौँ रुपैयाँ लाग्नेछ। तर, यत्रो रकम जुटाउन नसक्ने भएपछि आफूहरू तनावमा परेको उनले बताए। हालसम्म जसोतसो ऋण धन गरेर उपचार गरेको भन्दै  योञ्जन अहिले पैसा नभएको र उपचार गर्न कठिन रहेको बताउँदै निराश भएका छन्।

गहभरी आँशु पार्दै योञ्जनका बुबा हर्कबहादुर योञ्जनले भने, ‘६ जना छोरा र २ छोरी छन्, कसरी गाँस, बास र कपासको व्यवस्था गर्ने भन्ने वेला यस्तो बिपद् सिर्जना भयो, ऋण खोज्दा ऋण पनि कसैले दिँदैनन्।’ छोराको उपचारको लागि धेरै ठाउँमा धाएता पनि ऋणसमेत नपाएको योञ्जनले दुखेसो पोखेका छन्।

उपचार गर्ने पैसा छैन सहयोग गर्नुस् परिवारमा निराशा छाएता पनि  १७ वर्षीय पीडित विक्रमले क्यान्सरको उपचार भएमा बाँचेर केही गर्ने इच्छा रहेको बताए। उनले भने, ‘उपचार गर्न पैसा छैन सहयोगको लागि आग्रह गर्दछु। उपचार खर्च सहयोग गर्नुस् म बाँचेर तिर्नेछु।’ सहयोगका लागि उनले आफ्नो मोबाइल नम्बर ९८८०५७७८९९/ ९६१९४७४१०६ मा सम्पर्क गर्न सकिने जनाएका छन्।

सम्बन्धित समाचार