सैन भर्नामा अनियमितता गरेको आरोपमा तीन सैनिक अधिकारी पक्राउ



काठमाडौं । सैन भर्नामा अनियमितता गरेको आरोपमा तीन सैनिक अधिकारी पक्राउ परेका छन् । २३ जना सेटिङकर्ता र नक्कली परीक्षार्थी पनि किर्तेमा तानिएका छन् ।

हवल्दार र दुई सैनिक हिरासतमा छन् । जंगीअड्डाले अनुसन्धान प्रक्रियामा रहेको भन्दै उनीहरुको नाम खुलाएको छैन ।

सैनिक प्रहरीले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । सुर्खेतस्थित उत्तरपश्चिम पृतना हेडक्वार्टरमा परीक्षार्थीका लागि नक्कली परिचयपत्र बनाई किर्ते गरेको आरोप उनीहरुविरुद्ध लागेको छ ।

सोही केन्द्रमा नक्कली पठाई परीक्षा दिन लगाउने ६ परीक्षार्थी पनि पक्राउ परेका छन् । गैरसैनिकविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भर्ना प्रक्रियामा अनियमितता गर्नेमाथि अनुसन्धान भइरहेको बताए ।

सम्बन्धित समाचार