ओखलढुंगामा नेकपाका प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारले लहरे पिङको गरे उद्घाटन



ओखलढुंगा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारले लहरे पिङको उद्घाटन गरेर आ’लोचित बनेका छन् ।ओखलढुंगाको विकासका कार्यक्रममा ध्यान नदिएको भनेर आ@लोचना खेप्दै आएका सांसद सुनुवारले पिङ उद्घाटन गरेर रेकर्ड बनाएको भन्दै टिप्पणी भएको छ ।

नेकपाका सांसद सुनुवारले पिङ उद्घाटन गरेको तस्वीर सामाजिक सञ्जालमा भा’इरल बनेको छ ।प्रदेश सरकारका मन्त्रीहरूले दुहुनो भैँसीको समेत उद्घाटन र गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिहरूले पिर्कामा सलामी लिएका घटनाको आ’लोचना भइरहेका बेला नेकपाका सांसद सुनुवारले पिङ उद्घाटन गरेर आलोचित बनेका छन् ।

सम्बन्धित समाचार