भोजपुरमा विना लाईसेन्स सवारी साधन चलाएर यात्रुको मृत्यू भएपछि मुद्धा दर्ता



भोजपुर।सवारी चालक अनुमति पत्र(लाईसेन्स) विना सवारी साधन चलाएर यात्रुको मृत्यू भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले हतुवागढी गाउँपालिका ४ खैराङका विजय राईलाई सवारी ज्यान मुद्धा चलाएको छ । २४ वर्षीय राईले चलाएको टेम्पो दुर्घटना हुँदा वडा नम्बर ४ खैराङ बस्ने ८ वर्षीय गुराँस राईको ज्यान गएपछि प्रहरीले मुद्धा चलाएको हो ।

गत असोज २२ गते राइले चलाएको को २ ह ७६८६ नम्बरको टेप्पो दुर्घटना हुँदा उनीसंगै अन्य ५ जना घाईते भएकोमा गुँरासको उपचारको क्रममा सोही दिन मृत्यू भएको थियो । दुर्घटनामा घाइते भएका विजयलाई उपचार पश्चात नियन्त्रण लिई मुद्धा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय भोजपुरले आज जानकारी दिइको हो ।

त्यस्तै प्रहरीले सवारी साधनले ठक्कर दिएर घाइते बनाएपछि पुनः गाली गलौज गर्ने अर्का एक जनालाई पनि मुद्धा दर्ता गराएको छ ।लाईसेन्स विना नै सवारी साधन चलाएर ठक्कर दिने रामप्रसादराई गाउँपालिका वडा नं ५ मानेभञ्याङका १९ वर्षीय चन्द्र दर्जीलाई अभद्र व्यवहार गरेको कसुरमा म्याद थप गरि अनुसन्धान थालेको जनाएको छ ।

को २ त ३५२४ नम्बरको ट्याक्टर चलाएका दर्जीले भोजपुरको चेङबेनी चोकबाट देउराली जाँदै गर्दा पैदल यात्रु भोजपुर नगरपालिका ३ बस्ने १६ वर्षीय निशा राईलाई पछाडीबाट ठक्कर दिएर घाइते बनाएको प्रहरीले जनाएको छ । विना लाइसेन्स सवारी साधन चलाउनेको संख्या बढेसंगै निग्रानी बढाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख नरबहादुर सलामी मगरले बताए ।

सम्बन्धित समाचार