दुई दशक अघिको बलात्कारपछि हत्यामा संलग्न एक ब्यक्ति पक्राउ



झापा । देशभर बलात्कारका घटना बढीरहेका बेला प्रहरीले दुई दशक अघिको बलात्कारपछि हत्यामा संलग्न एक ब्यक्तिलाई पक्राउ गर्न सफल भएको छ । झापाको चन्द्रगढीमा बलात्कार पछि हत्या गरेर अमेरिका फरार भएका एक ब्यक्ति १९ वर्षपछि पक्राउ परेका हुन् ।

बुधबार बिहान टर्की एयरको विमान काठमाडौं विमानस्थलमा ओर्लनासाथ नेपाल प्रहरीको एक टोलीले झापाको चन्द्रगढी–३ का लीलाराज गौतमलाई पक्राउ गरेको हो । विमानबाट ओर्लनेवित्तिकै अमेरिकाबाट नेपाल आइपुगेका गौतमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एक दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका चन्द्रगढी–३ का ४२ वर्षीय गौतमलाई इन्टरपोल वाशिंटनको सक्रियतामा सन् २०१८ फेब्रुअरी १३ मा पक्राउ गरी अमेरिकाकै हिरासतमा राखिएको थियो । नेपाल प्रहरीले गरेको निरन्तरको पत्राचारपछि अमेरिकी अध्यागमनका न्यायाधीशले सन् २०१८ सेप्टेम्बर ५ मा उनलाई नेपाल पठाउने आदेश दिएका थिए । सोही आदेश अनुसार उनलाई टर्कीस एयरबाट बुधबार काठमाडौं ल्याइएको हो ।

सम्बन्धित समाचार