बालिकासँग जर्वजस्ती करणी गर्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ



जनकपुरधाम । महोत्तरीमा जबरजस्ती करणीको प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको महोत्तरी गाउँपालिका निवासी ३५ बर्षीय रुदल यादवलाई बालिकासँग जर्वजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत कात्तिक १ गते दाउरा ल्याउन वनतर्फ जान लागेकी १३ बर्षीया बालिकालाई बाटोमा रोकेर रुदलले करणीको प्रयास गरेको प्रहरीले जनाएको छ । बाटोमै लडाएर जर्वजस्ती करणी गर्न खोजेको भन्दै बालिकाले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।

रुदलले आफूलाई लडाएपनि हँसियाले आक्रमण गर्न खोजेपछि उनी भागेको बालिकालाई उदृत गर्दै प्रहरीले जनाएको छ । प्रहरीमा जाहेरी दिनुअघि रुदलले आफ्नी आमालाई समेत निर्घात कुटेको बालिकाले बताएकी छन् । घट्नाबारे गाउँमा बोलेको भन्दै रुदलले बालिकाको आमामाथि चिर्पट प्रहार गर्दै घाइते समेत बनाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका रुदललाई जिल्ला अदालत महोत्तरीबाट सात दिनको म्याद थप गराई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

सम्बन्धित समाचार