मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु



अर्घाखाँची ।  मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  दुर्घटनामा अर्घाखाँचीक‍ो सन्धिखर्क ९ अर्घाका ३२ वर्षिय सोमनाथ पौडेलको रूपन्देहीको सालझन्डीमा ज्यान गएको हो।  अर्घाखाँची घर भई रूपन्देहीको बुटवल बेलबासमा बस्दै आएका पौडेलले चलाएको लु २० प ९३२३ नम्बरको मोटरसाइकल रोकिराखेको ना ६ ख ६१०२ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको थियो। दुर्घटनामा परि गम्भीर घाईते भएका पौडेलको अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मंगलबार मृत्यु भएको सालझन्डी प्रहरीले जनाएको छ।  घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार