लिफ्टले थिचेर झापाका एक युवकको मृत्यु



धरान । लिफ्टले थिचेर झापाका एक युवकको मृत्यु भएको छ । लिफ्ट मर्मत गर्ने क्रममा लिफ्ट आकास्मात चलेपछि काम गरिहेका पाँचथर घर भई दमक ८ बस्ने २५ बर्षीय सन्तोष मगरको मृत्यु भएको हो ।झापाको दमकमा रहेको डिमेक्स कम्प्लेक्सको लिफट मर्मत गरिरहेका चाइन ग्रिलमा काम गर्दै आएका मजदुर राईको अकास्मात लिफ्ट सञ्चालन भएपछि थिचेर मृत्यु भएको प्रहरीले जनाएका छ ।

काम गरिरहेका उनलाई विहीबार विहान ८ः ३० बजे लिफ्ले थितेको थियो । गम्भिर घाइत भएका राईलाई दमकस्थित लाइफलाइन अस्पतालमा पु¥याएको भए पनि उपचार हुन नसकेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । रिफर गरिएका उनलाई प्रतिष्ठान ल्याउने क्रममा विहान ११ बजे बाटाेमा मृत्यु भएकाे प्रतिष्ठान प्रहरीले जनाएका छ ।

मृतक राईलाई अहिले पोष्टमार्टमका लागि प्रतिष्ठानका शव गृहमा राखिएको छ । केही समय पछि पोष्टमार्टम गरिने प्रतिष्ठान प्रहरी चेकपोष्टले जनाएको छ ।

सम्बन्धित समाचार