उदयपुरमा लागुऔषध सहित २ जना प्रहरीले नियन्त्रणमा



उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-११ बाट लागुऔषध सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय युवाहरुले आफ्नै कोठाबाट लागुऔषध बेचबिखन गरिरहेको भन्ने सूचना पाए लगत्तै आज बिहान ८ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-११ का २८ बर्षीय उद्धव तामाङ र १८ बर्षीय सोभित चौधरीलाई पक्राउ गरेको हो ।

निजहरुको कोठा खानतलासी गर्दा कोठाबाट डाईजोल्याव १६ एम्पुल, नोर्फिन १६ एम्पुल, फेनारागन १६ एम्पुल, खाली सिरिन्ज ३ थान, कौडा १६ थान, डाईसको गोटी ६ थान र नगद १८ हजार ८ सय समेत बरामद गरेको छ । पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार