इटहरीमा जारी मिनी महोत्सवमा चर्चित गायक अघोरी बाबाको प्रस्तुती हुने



इटहरी । इटहरीमा जारी मिनी महोत्सवमा चर्चित गायक अघोरी बाबाको प्रस्तुती हुने भएको छ । इटहरीको बुल्स इलाभेन क्लब को आयोजनामा २६ गतेबाट सुरु भएको महोत्सवमा ९ गते भाइरल बाबाको प्रश्तुति हुने भएको हो ।बिभिन्न चर्चित कलाकारहरुको बेजोड प्रस्तुती रहदै आएको महोत्सब १५ गते सम्पन्न हुने आयोजक क्लबका कोषाध्यक्ष रामु राईले जानकारी दिएका छन् ।

नेपालीहरुको महान चाड शुभ दिपावलीको अबसरमा आयोजना गरीएको महोत्सबमा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहदै आएको राईले जानकारी दिए ।
१५ गते भने हाउजी प्रतियोगीता हुने उनले बताए । महोत्सवमा वालबालीका हरुको मनोरञ्जनको लागी बिभिन्न खेल तमासाका साथै रोटे पिङको आर्कषण रहेको छ ।

सम्बन्धित समाचार