करेन्ट लागेर एकको मृत्यु



झापा। झापाको अर्जुनधारा नगरपालिका-९ गोलधाप बस्ने २२ बर्षीय बसन्त धिमालको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार राती पौने ९ बजेको समयमा रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागी घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनास्थलमा उक्त कार्यालयबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार