महरालाई डिएनए परीक्षणका लागि रगत दिन अदालतको आदेश



काठमान्डाैं ।महिलामाथि यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिएनए परीक्षणका लागि रगत दिन काठमाडौँ जिल्ला अदालतले आदेश गरेको छ । जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले बिहीबारदेखि लागू हुनेगरी ७ दिन अनुसन्धानको समय थप्दै परीक्षणका लागि रगत दिन आदेश दिएको हो ।प्रहरी अनुसन्धान अधिकृतको डिएनए परीक्षण नगरी आरोपबारे अनुसन्धान गर्न नसकिने भन्दै आदेशको माग गरेका थिए । आजको नागरिक दैनिकमा खबर रहेकाे छ छ ।

सम्बन्धित समाचार