सुन चादीको भाउ उकालो



काठमाण्डौ। पछिल्लो समय अस्थिर रहेको सुन चादीको भाउ शुक्रबार केही रुपैयाँले बढेको छ । तोलामा ६ सय रुपैयाँ बढेर सुन शुक्रबार आज तोलाको ७१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको बिहीबार र बुधबार तोलाको ७० हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बढेको हो । यस्तै चाँदी शुक्रबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँ पुगेको छ । गएको शुक्रबारदेखि नै तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ एक हप्तापछि बढेको हो ।

सम्बन्धित समाचार