झापाको गौरादहमा ५० लाखको लागतमा पार्क निर्माण सुरु



झापा । झापाको गौरादहमा रहेको लायन्स क्लव अफ गौरादहले लायन्स सेन्ट्रेनियल चिल्डे्रन पार्क निर्माण सुरु गरेको छ ।

लायन्स क्लबको शत बार्षिकीको अवसरमा उक्त पार्क निर्माण थालिएको लायन्स क्लब अफ गौरादहका भुपाल कटुवालले बताए । गौरादह नगरपालिका २ मा नगरपालिकाले नै उपलब्ध गराएको ३ कठ्ठा क्षेत्रफलमा अनुमानित ५० लाखको लागतमा पार्क निर्माण सुरु भएको निर्माण अभियन्ता डा. तिलक खनालले जानकारी दिए ।

लायन्सकर्मी डा.खनालका अनुसार पार्कमा प्रदेश सरकारको तर्फबाट १९ लाख, लायन्स क्लवकोे आन्तरिक स्रोतबाट ८ लाख, गौरादह नगरपालिकाबाट ५ लाख, लायन्स डिष्ट्रिक अफ फाउन्डेसनबाट २ लाख र २ नम्बर वडा कार्यालयको १ लाख गरि कुल ३५ लाख रुपैयाको लागतमा पार्क बन्ने भएको हो । पार्कमा बुद्ध इन द लायन्स केभ नामको बुद्धको मुर्ति, सगरमाथा हिमालको प्रतिमा, गुफा लगायत बालबालिको मनोञ्जनका लागि खेल्ने ठाउ पनि निर्माण हुने छ ।

सम्बन्धित समाचार