मोटरसाईकलमा दुर्घटनामा परी एक जनाको मृत्यु ,एक घाईते



सुनसरी । सुनसरीको बर्जु गाउँपालिका ६ बर्जुताल नजिक भएको मोटरसाईकलमा परी एक जनाको मृत्यु भएको छ भने एक घाईते भएका छन् ।हिजो बिहिवार राती ७ बजेको समयमा पूर्वबाट पश्चिततर्फ जाँदै गरेको को ३० प ५६२७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाईकल चालक देवानगञ्ज गाउँपालिका ७ का २१ बर्षीय रबिन्द्र मेहेता घाइते भएका थिए ।

उनलाई उपचारको लागि बिराटनगरको गोल्डेन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय चिमडीले जनाएको छ । उक्त दुर्घटनामा मोटरसाईकलको पछाडी सवार रहेका सोही स्थानका १६ बर्षीय दिपेश यादव घाईते भई गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।

सम्बन्धित समाचार