इलाममा एक बालकको खोलेमा परेर मृत्यु



इलाम । माइजोगमाई-५ सोयाङका एक बालकको घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर मृत्यु भएको छ ।

सोयाङका प्रेमबहादुर राउतका दुई वर्ष तीन महिनाका छोरा मडित राउतको खोलेमा डुबेर मृत्यु भएको हो ।बुधबार आँगनमा डब्बीमा राखेको खोलेमा परेर घाइते भएका बालकलाई इलाम अस्पतालमा उपचारका लागि लगिएको थियो । इलाममा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पतालमा पुर्‍याइएका बालकको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित समाचार