अरुण तेस्रोको पावरहाउसबाट ठेकेदारसहित तीनजना पक्राउ



संखुवासभा । अरुण तेस्रोको पावरहाउस दिदिङबाट प्रहरीले मेस ठेकेदारसहित तीनजनालाई पक्राउ गरेको छ। रकम लुटपाट गर्न खोजेको आरोपमा मेस ठेकेदार राजु प्रधान, रवीन श्रेष्ठ र बोलेरो चालक एकजनालाई पक्राउ गरेको स्रोतको भनाइ छ। बुधबार साँझ सदरमुकाम खाँदबारीबाट पैसा बोकेर जाँदै गरेका गाडीमा हतियार देखाएर रकम लुट्न खोजेको आरोपमा दिदिङको केराबारीबाट तीनजनाई पक्राउ गरेको थियो। ]

९ सय मेगावाटको अरुण तेस्रोमा पावर हाउसको कामको गरिरहेको पटेल इन्जिनियरिङले कम्पनीको पैसा लिएको जाँदै गरेको गाडी रोकेर खुकुरी देखाएर पैसा लुट्न खोजेको आरोपमा उनीहरूलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको हो। घटनाको भएको तीन दिन बित्दासमेत प्रहरीले यसबारेमा जानकारी दिएको छैन। घटनाको जानकारी लिन खोज्दा प्रहरी कार्यालयका प्रमुख मिम लामाले फोन उठाएका छैनन्।

अरुण तेस्रोमा विभिन्न घटना घटे पनि प्रहरीले हरेक घटनालाई लुकाएर भित्रभित्रै मिलाउने गरेको स्रोतको भनाइ छ। तर, घटनाका जानकार मेस ठेकेदारले काम गरेको रकम पटक-पटक माग गर्दासमेत नदिएपछि रिसको झोकमा हतियार देखाएको हुन सक्ने बताएका छन्। ठेकेदार राजुले पटेल इन्जिनियरिङसँग १५ लाख बढी रकम भुक्तानी नपाएको स्रोतको भनाइ छ।
थाहा खबरबाट

सम्बन्धित समाचार