फुटसल टोलीका मुख्य प्रशिक्षक विष्णु गुरुङलाई आर्थिक कारवाही



काठमाडौं । एसियाली फुटबल महासंघ एएफसीले फुटसल टोलीका मुख्य प्रशिक्षक विष्णु गुरुङलाई आर्थिक कारवाही गरेको छ। यही बुधवार इरानमा सम्पन्‍न ताजकिस्तान र नेपालबीचको एएफसी फुटसल क्‍वालिफायर खेलमा मुख्य प्रशिक्षक गुरुङले एएफसीको अनुशासन तथा आचारसंहिता उल्लंघन गरेको ठहरसहित कारवाही गरिएको हो।

एएफसीको अनुशासन र आचारसंहिता समितिको आज बसेको बैठकले गुरुङलाई १००० अमेरिकी डलर जरिवाना र एक खेलमा प्रतिबन्ध गर्ने निर्णय गरेको छ हो। खेलका क्रममा जिम्मेवाररुपमा प्रस्तुत नभएको भन्दै गुरुङलाई रेफ्रीले रंगशालाबाट बाहिर निकालिदिएका थिए।

उनलाई एएफसीले नेपाल र उज्वेकिस्तानबीच भएको खेलमा प्रतिबन्ध लगाएको थियो। गुरुङले अब एएफसीको निर्णय भएको मितिले ३० दिनभित्र एक हजार अमेरिकी डलर जरिवाना भुक्तान गर्नुपर्नेछ। लगातार अनुशासन र आचारसंहिता उलंघन गरे  एएफसीले थप कठोर सजाय दिने चेतावनीसमेत दिएको छ।

सम्बन्धित समाचार