सोलुखुम्बुमा ट्याक्टर पल्टिदा एक जनाकाे मृत्यु



सोलु । सोलुखुम्बुमा ट्याक्टर पल्टिदा एक जनाकाे मृत्यु भएकाे छ । सोलुखुम्बु दुधकुण्ड नगरपालिका- ९ बस्ने २१ बर्षिय सोमे तामाङको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । हिजो राती साढे १० बजे ओखलढुङ्गाबाट बालुवा लिएर भित्री सडकखण्ड हुदै सोलु दुधकुण्ड तर्फ आउदै गरेको ना. ६ त. २४६० नम्बरको ट्याक्टर दुधकुण्ड गोरा स्थितमा सडकबाट अन्दाजी १०० मिटर तल खस्दा चालक सोमे तामाङको घटनास्थलमै मृत्यु भएको भनि आज बिहान ८ बजे प्रहरी चौकी केरुङमा खबर प्राप्त हुनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।

सम्बन्धित समाचार