महराको आजबाट थुनछेक बहस सुरू



काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महरालाई आज काठमाडौ जिल्ला अदालतमा उपस्थित गराइदैछ। महराको आजबाट थुनछेक बहस सुरू हुने छ। सरकारी वकिलले अदालतमा अभियोग पत्र दायर गरेपछि थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहस पछि उनलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय हुने प्रहरीले जनाएको छ।

थुनछेक बहसमा वकालनामा पेश गरेका वकिलको संख्या धेरै भए बहस भोलिसम्म लम्बिन सक्ने बताईको छ। काठमाडौं जिल्ला अदालतले महरा प्रकरणमा अन्तिमपटक थपेको ७ दिनको म्याद हिजो सकिएको हुनाले आज अदालत उपस्थित गराउन लागिएको हो।

आफ्नै कार्यालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसभामुख महराको तेस्रो पटकको म्याद सकिएकोले अदालतमा उपस्थित गराउन लागिएको महानगरिय प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए।

सम्बन्धित समाचार