मोटरसाईकल दुर्घटनामा परी एक जनाकाे मृत्यु



उदयपुर । सिरहामा मोटरसाईकल दुर्घटनामा परी एक जनाकाे मृत्यु भएको छ । सुखिपुर-९ बस्ने ३० बर्षीय अबिन ठाकुरको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको हाे । हिजो साझ ५ बजे उदयपुर त्रियुगा नगरपालिका चुवाडे नमुना चोक स्थितमा स २ प ८७८२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल पछाडी सवार रहेका ठाकुर गम्भिर घाईते भएका थिए ।

उनको उपचारको क्रममा बेलुका सवा ६ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सिरहाबाट उदयपुरको जलजले तर्फ आउदै गर्दा उक्त स्थानमा मोटरसाईकल दुर्घटना भएको हो । मोटरसाईकल र चालक सिरहा लहान १७ बस्ने दुर्गानन्द बि.क. उक्त कार्यालयको नियन्त्रणमा रहेका छन ।

सम्बन्धित समाचार