बिराट नर्सिङ होममा गर्भवती महिला सहित आमाछोराकै मृत्युु भएपछि तनाब



इटहरी। सुनसरीको दुहबी नगरपालिका ८ कि २० बर्षीया रमिला कार्कीको बिराट नर्सिङ होममा निधन भएको छ । ११ गते बिराट टिचिङमा बिरामी ल्याएको र मङ्गलबार विना अप्रेशन (नर्मल डेलिभरी) भएको पीडितको भनाई छ ।

टिचिङ हस्पिटलबाट बिरामीको परिवारलाई थाँहै नदिइ नर्सिङमा रेफर गरिएको पीडितका आफन्त पन्चम कार्कीले बताए । उनले भने “नर्मल डेलिभरी भएको भएपनि पाठेघरको अप्रेसन गर्नुपर्छ भनेर डाक्टरले भनेको थियो, बिराट टिचिङ हस्पिटल बाट हामीलाई थाहै नदिइ यहाँ ट्रान्सफर गरेको थियो ।“ उनका अनुसार नानी र आमाको अवस्था नर्मल रहेकाले खाना खुवाएपछी पाठेघरबाट ब्लिडिङ भएको थियो ।

डा.ग्यानेन्द्र कार्कीले पाठेघरको अप्रेसन गर्न सल्लाह दिएको भएपनि आफूलाई थाहै नदिई बिरामी रेफर गरिएको पीडितको गुनासो छ ।
अहिले डाक्टरलाई किन यस्तो भयो भनेर प्रश्न गर्दा पन्छिने गरेको पीडितका आफन्त सुजेश कार्कीले बताए । उनले कपुरीसँग भने, “युटुबमा हेर्नुस् अप्रेसन गर्दा कति मान्छे मर्छन् भनेर डाक्टर पन्छिए ।

“ उनले डेलिभरी केसमा बिरामीको मृत्यु हुनु गम्भीर लापरबाही रहेको औल्याउँदै भने, “हामी युटुबमा हेर्नका लागि यहाँ बिरामी ल्याएको हो ?“ उनले भने, “उसोभए हामी चुपचाप जाने त ?“
अहिले रमिलालाई बिराट नर्सिङको आइसियुमा राखिएको छ भने बच्चालाई बिराट टिचिङको आईसियुमा राखेको पीडितले बताए । टिचिङमा भने सिकारु डाक्टरहरु रहेका छन् । यहाँ मेडिकल शिक्षा पढाइ हुँदै आएको छ भने नर्सिङ होममा उपचार हुँदै आएको छ ।

“नर्मल डेलिभरी केसमा कसरी यो भयो ? हामीले मर्ने बाच्ने स्थितिमा ल्याएको हैन,“ कार्कीले भने, “अहिले डाक्टरले पाठेघर निकालेपछि दुवै किट्नी खराब भएको भन्दै पन्छिएको छ ।“ उनले बिरामीको पाठेघर निकालेपछि दुवै किट्नी समेत खराब भएको प्रतिक्रिया दिएको बताए ।

सम्बन्धित समाचार