मादक पदार्थ सेवन गरेर सामाजिक वितण्डा मच्चाउने वडा सचिव पक्राउ



इटहरी । इटहरी १९ का वडा सचिव सुरेश कार्कीले मादक पदार्थ सेवन गरेर सामाजिक वितण्डा मच्चाएको भन्दै प्रहरीले पक्राउ गरेको छ । बुधबार साझ मादक पदार्थले लठ्ठ भएका कार्कीले साझमा होहल्ला गरेको भन्दै प्रहरीले पक्राउ गरी एक रात हिरासतमा राखेर विहिबार बिहान थुनामुक्त गरेको हो ।

केहि समय अगाडी इटहरीका मेयर द्धारिकलाल चौधरीको विरुद्ध सडकमै आएर नाराबाजी समेत गरेका थिए । कर्मचारीलाई हातपात गरेको भन्दै उनकै नेतृत्वमा कर्मचारीहरुले सडकमै आएर नाराबाजी गर्ने नेतृत्व उनै कार्कीले गरेका हुन । मेयर विरुद्ध कडा रुपमा लागेका कार्की पछिल्लो समय मेयर,उपमेयर सँग राम्रो सम्बन्ध बनाउँन लागेका थिए ।

कार्की लगायतका कर्मचारीले केहि दिन अगाडी मात्र इटहरी उपमहानगरपालिका भित्रै मादक पदार्थ खाएर होहल्ला गरेका थिए । आफैले फेसबुकमा उपमहानगर परिसर भित्रै नाजगान गरेको भन्दै तिब्र आलोचना भएको थियो । कार्कीलाई विहिबार विहान आगमी दिनमा यस्तो हर्कत नगर्ने सर्तमा नेकपाको स्थानीय नेताहरुको रोहवरमा छोडिएको छ ।

सम्बन्धित समाचार