संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमबस्दै आएको घरमा दिउँसै चोरी



काठमाडौं । संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमको काठमाडौंस्थित निवासमा दिउँसै चोरी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित गौतमको डेरामा बुधबार दिउँसो चोरी भएको हो ।

उनी बस्दै आएको घर सूचना आयोगको कार्यालयको ठीक अगाडि छ । आफू सिंहदरबार गएको र पत्नी कार्यालय गएको बेला घरको मूल ढोकाको ताल्चा फुटाएर नगद तथा गरगहना चोरी भएको उनले बताए । बुधबार दिउँसो दुईदेखि चार बजेको बीचमा चोरी भएको गौतमको भनाइ छ ।

सम्बन्धित समाचार