सुनको मूल्य ओरालो



काठमाडौं । सुनको मूल्यमा बिहीबार सामान्य कमी आएको छ । अन्तर्रा्ष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले ओरालो लागेर तोलाको ७० हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य तिहारको बिदाअघि गएको शुक्रबार तोलाको ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको भाउ भने तोलाको ८६० रुपैयाँमै स्थीर रह्यो । अन्तर्रा्ष्ट्रिय बजारमा बिहीबार साँझसम्म सुन प्रतिऔंस १५ सय ७ डलर हाराहारीमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार