खोटाङमा छिमेकीको कोदालो प्रहारबाट १८ वर्षीय युवाको मृत्यु



खोटाङ। खोटाङमा छिमेकीको कोदालो प्रहारबाट १८ वर्षीय युवाको मृत्यु भएको छ । प्रहरीको अनुसार मृत्यु हुनेमा रुपाकोट मझुवागढी नगरपालिका–४ डाँडाखर्कका १८ वर्षीय विशाल भन्ने मिलन राई रहेका छन् ।छिमेकीको कोदालो प्रहारबाट मिलनको बुधबार राति मृत्यु भएको हो ।

सोही ठाउँ बस्ने २४ वर्षीय पवन राई समेतले कोदालोको पासो प्रहार गर्दा मिलनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी खानिडाँडाबाट खटिएको प्रहरीले अनुसन्धानको लागि पवनलगायत ६ जनालाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार