मोरङमा मेयर कप फुटसल प्रतियोगिता हुने



सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटसल प्रतियोगिता २०७६ हुने भएको छ । सुन्दरहरैचा १० विराटचौकमा रहेको प्लानेट रिक्रीएसन सेन्टरद्वारा सञ्चालित प्लानेट फुटसलको आयोजना तथा सुन्दरहरैचा नगरपालिकाको मुख्य प्रवर्द्धनमा हुन लागेको उक्त फुटसल प्रतियोगिता कार्तिक २१ गते देखि शुरु हुने आयोजकले बताएको छ ।

फुटसल खेलको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको प्लानेट फुटसलले फुटसल खेलको थप विकास र लोकप्रियता बढाउन उक्त प्रतियोगिताको आयोजना गरिएको आयोजकले बताएको छ । साथै सुन्दरहरैचा नगर भित्र रेहेका फुटसल खेलाडिहरुको प्रवर्द्धन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटसल खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरेको आयोजकले बताइएको छ ।

आयोजकले खेल अवधी भर आफ्नो वडाको समर्थन गर्दै खेलाडीहरुको मनोबल उच्च पार्न सम्पुर्ण नगरवासीहरुलाई खेल अवलोकनको लागि उपस्थिती भईदिन समेत अनुरोध गरेको छ । उक्त प्रतियोगितामा सुन्दरहरैचा नगरपालिकाको बाह्र वटै वडाले प्रतिस्पर्धा गर्ने आयोजकल बताएको छ भने उक्त खेल लिग कम नकआउटको आधारमा हुने छ ।

लिग खेलमा जम्मा चार वटा समूह रहनेछन भने प्रत्येक समुहमा तीन टिम ( वडा ) हुने छ । समुहको प्रत्येक टिमले एक आपसमा प्रतिस्पर्धा गर्ने छन । हरेक समुहबाट विजेता र उपविजेताले नकआउट चरण ( सुपर एट ) प्रवेश गर्नेछन ।

सम्बन्धित समाचार