खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा एक जना पक्राउ



काठमाडौं ।आपसी विवादको क्रममा खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कबिलासी नगरपालिका-८ बस्ने २७ वर्षीय जयकुमार साहलाई शनिबार साँझ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ सलेमपुर बस्ने २१ वर्षीय दिपेश यादबलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दिपेश, सोही ठाउँ बस्ने २० वर्षीय पप्पु भन्ने राकेश यादब र २३ वर्षीय रितेश यादबको पुरानो रिसीइबीको बिषयलाई लिएर जय कुमारसँग झगडा हुँदा उनीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । घाइते जयकुमारलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा लगिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले दिपेशलाई खुकुरीसहित पक्राउ गरेको छ । घटनामा संलग्न राकेश र रितेश भने हाल फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार