करेन्ट लागेर विद्युत् प्राधिकरण धनकुटाका एक कर्मचारीको मृत्यु



धनकुटा । धनकुटामा बिजुलीको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युत् प्राधिकरण धनकुटाका एक कर्मचारीको मृत्यु भएको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका–९ बेदुवाडाडामा रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लाग्दा विद्युत प्राधिकरण धनकुटाका कर्मचारी धनकुटा नगरपालिका-८ घर भएका ५६ वर्षीय बलबहादुर भण्डारीको मृत्यु भएको हो।

ट्रान्सर्फमर मर्मत गर्ने क्रममा बुधबार दिउँसो करिव १ बजे भण्डारीलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

सम्बन्धित समाचार