सिन्धुपाल्चोकमा बस दुर्घटनामा



काठमाडौं। दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ ।

दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीमा खसेको हो ।

बस दुर्घटनामा तीन महिना, एक बालकसहित ६ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका पत्रकार दिनेश थापाले बताएका छन् ।

सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनले पनि दुर्घटनामा ६ जनाको मृत्यु भएको जनाएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।

बस खोलामा पूर्णरुपमा डुबेको छ । दुर्घटनामा परेको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । घाइतेको उपचारका लागि अस्पताल लगिँदैछ । घटनाका बारेमा थप वरण आउँदैछ ।

सम्बन्धित समाचार