भिरबाट लडेर एक महिलाको मृत्यु



बझाङ । बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर आइतबार एक महिलाको घटना स्थलमै मृत्यु भएको छ। भिरबाट लडेर जयपृथ्वी नगरपालिका ८ सेलाखेत गाउँकी ३६ वर्षीया ज्ञानदेवी कोइरालाको मुत्यु भएको जानकारी प्राप्त भएको छ। जयपृथ्वी नगरपालिका ८ स्थित पडाखानी भन्ने भिरमा घाँस काटदै गर्दा भिरबाट लडेर करिव दुई सय मिटर तल खसेकी कोइरालको टाउँकोमा गम्भीर चोट लागेपछि घटना स्थलमै उनको मृत्यु भएको वडा सदस्य खड्क विष्टले जानकारी दिए। मृत्तक कोइराला अवेरसम्म घर नफर्केपछि उनका आफन्तहरूले खोजी गर्दा उनको मृत्त अवस्थामा शव फेला परेको जनाइन्छ। मृत्तक कोइरालाका दुई छोरा र एक छोरी रहेका छन्। मृत्तकको शवलाई आइतबार नै सेती नदी किनारमा दाहसंस्कार गरिएको छ।

सम्बन्धित समाचार