व्यवसायीसँग खसी मागेको अडियो टेप सार्वजनिक



बाँके । व्यवसायीसँग खसी मागेको अभियोगमा इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रमुख हेमबहादुर शाही पक्राउ परेका छन् ।

व्यवसायीसँग खसी मागेको अडियो टेप सार्वजनिक भएपछि प्रदेश पाँच प्रहरीले छानबिनका लागि समिति गठन गरेको हो ।

एसएसपी नरबहादुर केसीको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिलाई दश दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ । तरुण दल नेपालगञ्जका नगर सभापति सन्दिपजंग शाह पक्राउ परेको घटना सार्वजनिक भएपछि खसी मागेको टेप बाहिर आएको थियो ।तरुण दलले प्रहरी आफैले हतियार राखेर शाहलाई पक्राउ गरेको आरोप लगाएको छ ।

सम्बन्धित समाचार