मोरङको बूढीगंगामा दुर्घटना हुँदा डाक्टर र नर्सकोे मृत्यु



विराटनगर । कोसी राजमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–१ मा सोमबार बिहान भएको दुर्घटनामा परेर डाक्टर र नर्सको मृत्यु भएको छ ।
सेन्चुरी मसला उद्योग अगाडि भएको दुर्घटनामा बुढीगंगा गाउँपालीका –५ घर भएका ५२ वर्षीय नेत्र रोग विशेषज्ञ डा. शुभलाल माझी र न्युरो अस्पताल विराटनगरमा कार्यरत स्टाफ नर्स २६ वर्षीया अञ्जलीकुमारी माझीको मृत्यु भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठकाअनुसार मृत्यु भएका शुभलाल र अञ्जलीकुमारी बाबु छोरी हुन् । विराटनगरबाट दुहवीतर्फ जाँदै गरेको को १ ख ७२३२ नम्बरको बसले दुहवीबाट विराटनगरतर्फ आँउदै गरेको को २७ प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको श्रेष्ठले बताए ।

डा. शुभलालले चलाएको मोटरसाइकलमा पछाडि छोरी अञ्जलीकुमारी सवार थिइन् ।दुर्घटनामा परेर घाइते भएका दुवै जनाको उपचारका क्रममा विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो । बस र चालक सिरहाको धनगढी नगरपालिका–१२ का ३४ वर्षीय सन्दीप खत्रीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार