मोहम्मद अफताब आलमलाई जन्मकैद माग गर्दै मुद्दा दायर



काठमाडौँ । सरकारी वकिल कार्यालयले काँग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमलाई जन्मकैद माग गर्दै मुद्दा दायर गरेको छ । १२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो ।जिल्ला अदालत रौतहटले सोमबार जन्मकैदको माग गर्दै मुद्दा दायर गरेको हो । समयअभावका कारण थुनछेक बहस भने सोमबार नभई मंगलबारबाट मात्रै हुने भएको छ ।

सम्बन्धित समाचार