भालुको आक्रमणमा परि एक वृद्ध घाइते



दोलखा । दोलखा जिल्लाको जिरी नगरपालिका–१ को च्यबुकेमा आज बिहान ६ बजे एक वृद्धलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । घाइते बोल्न नसक्ने अवस्थामा भेटिएकाले काठमाडाँै सिफारिश गरिएको छ ।जिरी नगरपालिका–१ बस्ने पदमबहादुर खड्कालाई हलोजुवा लिन बारीमा गएको बेला भालुले आक्रमण गरेको हो । भालुको आक्रमणमा परी निजको घाँटी, टाउको, निधार र मुखमा गम्भीर चोट लागेकाले थप उपचारका लागि जिरी अस्पतालबाट काठमाडौँ रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो । उक्त स्थान सदरमुकामबाट ८० किलोमिटर पूर्वमा पर्दछ ।

सम्बन्धित समाचार