मोरङमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु



मोरङ ।मोरङको बुढिगंगा गाउँपालिका १ शान्तिचोकमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।आज बिहान पौने ८ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ ख ७२२५ नम्बरको यात्रुबाहक बसले बिपरीत दिशाबाट आउँदै गरेको को २७ प १०२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करले मोटरसाईकल चालक बुढिगंगा गाउँपालिका ४ का ५२ बर्षीय सुभलाल माझी र पछाडी सवार २६ बर्षीय अन्जली माझी घाईते भएका थिए । दुवैलाई उपचारको लागि बिराट मेडिलक कलेज लगिएको थियो । अस्पतालमा पुर्याइए पनि उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतक दुवै बाबु छोरी भएको बताइएको छ । साथै, उनीहरु स्वास्थ्यकर्मी पनि हुन् । शुभलाल विराटनगरको गोल्छा आँखा अस्पतालका चिकित्सक हुन भने छोरी अञ्जलीकुमारी न्यूरो अस्पतालकी नर्स थिइन् । बस चालक सिराहाको धनगढी माई नगरपालिका १२ का ३४ बर्षीय सन्जिव खत्री, बस तथा मोटरसाईकल ईलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित समाचार