झापामा भीआइपी चोरबारे नयाँ खोजी शुरु



झापा।  झापा प्रहरीले कात्तिक १३ मा पक्राउ गरेको भीआइपी चोरबारे नयाँ खोजी शुरु गरेको छ । विभिन्न घटनामध्ये फरक प्रकृतिको यो चारीको घटनालाई झापा प्रहरीले विशेष महत्वको साथ अनुसन्धानअघि बढाएको छ ।

करिव ५० लाखको गाडिमा चढेर सुनचाँदीको गहना चोरी गर्दै हिड्ने सिलिगुरीका रघुबर प्रसाद शाहको नेपाल ‘कनेक्शन’ बारे प्रहरीले अध्ययन थालेको हो । १३ गते बिर्तामोडमा ३ परिवारको गहना चोरी गर्ने साहले गहना छ भन्ने कसरी पत्ता लगाए ? यो प्रश्नको जवाफको खोजीमा प्रहरी छ । उनको सम्पर्कमा कोही भएको प्रहरीलाई आशंका छ । ‘बन्द गरिएको घरमा गहना पत्ता लगाएर चोरी गर्ने, भीआइपी सवारीको साथमा चोरीमा नस्कनु सामान्य विषय होइन,’बिर्तामोडका डिएसपी मोहन थापा भन्छन्,’समग्र चोरी सामान्य रुपमा बुझ्ने गरिएको छ । तर, यो चोरीको घटना पृथक छ ।’

इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी थापाका अनुसार पक्राउ परेको व्यक्तिको अनुसन्धानमा यहाँको सम्पर्क, सम्बन्ध खोजिने छ । ४३ वर्षीय शाहसँग नेपाली सिम समेत फेला परेको छ । सुनको गहना चोरी गर्ने व्यक्तिसँग नेपाली सिम हुनुको अर्थ नेपालीसँग पनि सम्पर्क रहेको पुष्टि गरेको छ । हरेक दिन जसो नेपाल आउने रघुबरकै जस्तै भीआइपी चोरी झापा, मोरङ र सुनसरी पछिल्लो समय बढ्दै गएको प्रहरी बताउँछन् । ‘सिमाबाट सुनचाँदी बोकेर वारपार हुन सजिलो छैन,’प्रहरी भन्छन्,’चोरी गरिएको गहना यहाँ कसले किन्दैछ ?’

रघुबरको चोरी अनौठो घटना भएपछि प्रहरी उनको ओहोरदोहोर, नेपालीसँगको सम्पर्क, व्यापारीसँगको कारोवार खोजी गर्दैछ । चोरी पश्चात सिसि क्यामेराको कैदमा परेका रघुबर भाग्न सकेनन् । लाखौं मुल्यको गाडीमा आएर चोरी गर्ने घटनाले भारतीय नम्बरका सवारीमाथि शंका बढाएको छ । बिर्तामोड प्रहरीले सोहि दिनदेखि भारतीय सवारीको चेकजाँचमा कडाइ गरेको बताइएको छ ।

सम्बन्धित समाचार