भारतमा गाजासहित १२ नेपाली पक्राउ



काठमाडौं । भारतको हिमाञ्चल प्रदेशबाट १२ नेपालीसहित ३१ जना लागूऔषधसहित पक्राउ परेका छन् । भारतको समाचार एजेन्सी एएनआईले जनाएअनुसार पक्राउ परेका १२ नेपालीमध्ये पाँच जना महिला छन् । उनीहरु कुल्लु जिल्लाको पार्वती गाउँबाट गत शनिबार पक्राउ परेको समाचारमा उल्लेख छ ।पक्राउ परेका ३१ मध्ये १९ जना स्थानीयबासी रहेको बताइए पनि नेपालीहरुको ठेगाना भने उल्लेख गरिएको छैन । कुल्ली प्रहरीका सुपरिटेन्डेन्ट गौरव सिंहका अनुसार पक्राउ परेकाहरुबाट २ किलो ९१३ ग्राम गाँजा बरामद भएको छ ।

सम्बन्धित समाचार