तिहारमा संकलित रकमले सडक दायाँवायाँ किनारमा डस्विन



धनकुटा । श्री सयपत्री साँस्कृतिक समूह धर्मशाला धनकुटा १० ले उत्तरपानी वुद्धचोक देखी धर्मशाला सम्म १० स्थानमा डस्टविन राखेको छ ।

तिहारमा सञ्चालन गरेको साँस्कृतीक तथा देउसी भैलो कार्यक्रमवाट संकलित रकमले सडक दायाँवायाँ किनारमा १० वटा डस्विन राखेको समूहका अध्यक्ष विश्वास भट्टराईले जानकारी दिनुभयो ।

समूहले तिहारमा महालक्ष्मी नगरपालिकाको मूर्तिढुंगा,धनकुटा नगरपालिकाको वेलाहारा, थलथले, सुकेआहाल, धर्मशाला, लालचोक,सयपत्रीचोक हुँदै उत्तरपानी सम्म ५ दिन सञ्चालन गरेको कार्यक्रमवाट ५५ हजार रकम संकलन भएको थियो ।

संकलित रकम मध्ये कार्यक्रमको लगत खर्च छुट्याएर समूहको लागि साँस्कृती पोषाक खरिद गरिएको र डस्विन समेत राखीएको समूहले जनाएको छ । गत वर्ष मात्र गठन भएको यो समूहले यसै वर्षको तिहारमा कार्यक्रम सञ्चालन गरी सामाजिक काम गरेको हो ।

सम्बन्धित समाचार