क्षतविक्षत बनाई सिरकले छोेपेको अवस्थामा एक दम्पती मृत फेला



काभ्रे।  काभ्रेको नमोबुद्ध नगरपालिका-८, तल्लोहटियामा एक दम्पती मृत फेला परेका छन्। सोही ठाउँका ५५ वर्षीया श्यामकृष्ण श्रेष्ठ उनकी पत्नी अन्दाजी ५० बर्षकी रुकुमाया श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी  जयराज सापकोटाले जानकारी दिए स्थानीयले शव देखेर मंगलबार बिहानै प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको एसपी सापकोटोले बताए।

धारिलो हतियार प्रयोग गरी क्षतविक्षत बनाई सिरकले छोेपेको अवस्थामा शव फेला परेको श्यामपाटी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक केशव दर्जीलाई उदृत गर्दै सापकोटाले जानकारी दिए।

 प्रहरीका अनुसार घटनास्थलमा वियरका बोतल, गाँजा र सुर्तिको धुलो छरिएको अवस्थामा फेला परेको छ।  श्रेष्ठ दम्पतिले तल्लो हटिया बजारमा रहेका आफ्नै घरमा चिया पसल सञ्चालन गर्र्दै आएका थिए।

छिमेकीका अनुसार उनीहरु राति ८ बजेतिर खाना खाएर सुत्न गएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा श्रेष्ठ दम्पतिकै पसलमा राति अबेर मदिरा सेवन गर्न आएकाहरुसँग विवाद हुँदा हत्या भएको हुनसक्ने र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार