गोरु पक्रदा एसपीको सरुवाको चलखेल !



झापा । झापामा नेपाल प्रहरी सङ्गठनका धेरै एसपी आए, गए । तर, अहिलेसम्म कुनै पनि एसपीले गाई गोरु नियन्त्रण तथा रोकथाममा हात हाल्न चाहेनन् । बरु भारतबाट चोरी, तस्करी गरी सामान भित्रिने गतिविधिसम्म रोक्न लाग्थ्यो । गाई गोरुमा हात हाल्यो कि गाई गोरु तस्करी सञ्जालको पावरको अगाडि एसपीको कुर्सी नै हलिन्थ्यो ।

किनभने, गाइ गोरु तस्कर सञ्जालको सेटिङ पूर्वका उच्च प्रहरी अधिकृतदेखि हेड क्वाटर हुँदै गृहसम्म हुने गरेको छ ।झापा जिल्ला गाइ गोरु भारत निकासी गर्ने नेपालकै मुख्य नाकामा पर्छन् । झापासँग भारतको विहार र बङ्गाल राज्य जोडिएको छ । यहाँबाट भारत पुगेका गाइ गोरु मासुका लागि भारतको आसाम, मणिपुरहुँदै तेस्रो मुलुक बङ्गलादेशसम्म पुग्ने गरेको छ ।

बर्षोदेखि झापामा गाई गोरुको तस्करी नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सेटिङमा हुँदै आइरहेको थियो । तर, यस्तो सेटिङ र सञ्जालको अगाडि जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली कठोर प्रहरी कर्मचारी भएर उभिए । एसपी मैनालीले कसैको सामु नझुकिएर गाई गोरु तस्करी नियन्त्रण तथा रोकथाममा खुलेर लागि परे ।उनी खुलेर लागि मात्र परेनन, गाई गोरु बरामद समेत गर्न थाले ।

गाई गोरु बरामदसँगै मोरङ जिल्लाबाट झापा प्रवेश गर्ने ठुला ट्रकहरूलाई राजमार्गबाहेक झापाका सीमावर्ती नाकामा नलैजान अभियान नै सुरु गरे । सात महिनाअघि झापा आएका एसपी मैनालीले गाई गोरु बरामद गर्न जिल्ला मातहतका प्रहरी कार्यालयका इञ्जार्चलाई ठाडो निर्देशन दिएकाले तस्कर सञ्जालभित्र अहिले खैलाबैला मच्चिएको छ ।

सम्बन्धित समाचार