भोजपुरमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती घाइते



भोजपुर। भोजपुरमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीलाई गम्भिर घाइते बनाएका छन् । भोजपुर नगरपालिका–४ सिद्धेश्वरको मान्द्रेका ७५ बर्षीय शरणबहादुर दर्जी आफ्नै ७३ वर्षिय श्रीमती मधुकुमारी दर्जीलाई खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घरायसी विवादमा झगडा हुँदा खुकुरी प्रहार गरि घाईते बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डवकुमार राजवंशीले बताए।

दाहिने गालामा गहिरो चोट लागेर गम्भिर घाईते दर्जीको जिल्ला अस्पताल भोजपुरमा उपचार उपचार हुन नसकेपछि थप उपचारको लागि नोवेल अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने दर्जीलाई पक्राउ गरी जिल्ला अदालतबाट ज्यान मार्ने उधोग मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सम्बन्धित समाचार