भारतको नयाँ नक्सा खारेज गर्न यायोक्खाको माग



पथरी। किरात राई यायोक्खा मोरङले नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभागलाई समेटेर छिमेकी राष्ट्र भारतले नयाँ नक्सा सार्वजनिक गरेको प्रती विरोध जनाउदै सो नक्सा खारेज गर्न माग गरेको छ ।

बुधबार बसेको यायोक्खा जिल्ला समितिको बैठकले भारतले भर्खरै सार्वजनिक गरेको नक्सा खारेजी र सो भूमी फिर्ता गर्न नेपाल सरकारलाई पहल गर्न आग्रह गरेको छ । भारतले केही दिन अघि जम्बुकास्मिर र नेपालको लिपुलेक क्षेत्रको करिव ३१० वर्ग किलोमिटर भूभाग आफ्नो क्षेत्रमा पारेर नयाँ नक्सा सार्वजनिक गरेको थियो । यायोक्खा बैठकले सो नक्सा खारेजी र अतिक्रमित भूभाग फिर्ता गर्न सरकारले अबिलम्ब पहल गर्नु अनुरोध गर्ने निर्णय गरेको जिल्ला सचिव केदार राईले बताए ।

यायोक्खा जिल्ला अध्यक्ष नरहाङ राईको अध्यक्षतामा भएको बैठकमा केन्द्रिय उपाध्यक्ष तिलकप्रसाद राई, केन्द्रिय प्रचार विभाग प्रमुखसमेत रहेका सचिव अर्जुन जम्नेली राई, केन्द्रिय सदस्य नवीन राई लगाएको उपस्थितिमा भएको बैठकले प्रदेश १ को नाम किरात राख्न कार्तिक २६ गतेदेखि किरात प्रदेश अभियान सन्चालन गर्ने निर्णय भएको सचिव राईले बताए । प्रदेश १ को नाम किरात राख्न आवश्यक दवावको लागि मोरङ हुँदै १४ जिल्लामा अभियान सन्चालन हुने यायोक्खा उपाध्यक्ष तिलकप्रसाद राईले बताए ।

बेलबारी नगरपालिका ४ को शोभा नाछिरिङलाई गोरु काटेको अभियोगमा इलाका प्रहरी कार्यालय बेलबारीले पक्रेर मुद्दा चलाएको प्रति खेद प्रकट गरेको छ । राष्ट्रिय जनगणना २०७८ मा थरको महलमा राई, धर्मको महलमा किरात, भाषाको महलमा आ(आफ्नो मातृ भाषा लेखाउन सचेत रहने निर्णय भएको जिल्ला अघ्यक्ष नरहाङ राईले बताए ।

सम्बन्धित समाचार