भोजपुरमा भालुको पित्त ओसारपसार मुद्दामा संलग्न रही फरार एक महिला पक्राउ



भोजपुर । भालुको पित्त ओसारपसार मुद्दामा संलग्न रही फरार एक महिला पक्राउ परेकी छिन् ।टेम्केमैयुङ गाउँपालिका–२ की ३४ वर्षीया मित्रलक्ष्मी राईलाई घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालय, हात्तिसार काठमाण्डौमा मुद्दा दर्ता भएर गएको कात्तिक ७ गते काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि ती महिला फरार रहेको भोजपुर प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्सपेक्टर) पाण्डव राजवंशीले बताउनुभयो ।प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि महिलालाई डिभिजन वन कार्यालय, हात्तिसार काठमाण्डौमा बुझाएको छ ।

सम्बन्धित समाचार