एक ब्यापारीको मोवाईल सहित ४ लाख रुपैँया लुटियो



माेरङ । मोरङको पथरीका एक ब्यापारीको मोवाईल सहित ४ लाख रुपैँया लुटिएको छ । कार्तिक १७ गते राति ९ बजे सप्तरीको नारायणी चिउरा मुराइ उद्योगका उद्योगी अभिशेक काब्राले मोरङ पथरीशनिश्चरेका होलसेल ब्यापारी केशव खतिवडाको कार्यलयमै गई कार्यलयको खातापाता, ब्याग र मोवाईल खोसेर लगेका थिए ।

आफु लुटिएपछि पिडितले प्रहरीलाई खवर गरेको र प्रहरीलाई समेत काब्राले धम्काएको खतिवडाले बताएका छन ।काब्राले प्रहरीलाई “तिमीहरुलाई डिआइजीले फोन गर्छ फोन राख” भन्दै फोन काटेको खतिवडाले बताए । उक्त केस मिलाइदिन् भन्दै प्रदेश १ का वन वातावरण तथा पर्यटनमन्त्री जगदिशप्रसाद कुसियतले समेत फोन गरेको खुलासा भएको छ ।

सम्बन्धित समाचार