युवा समूहको खुकुरी प्रहारबाट घर पालुवा कुकुरको हत्या



इटहरी । बुधबार राती इटहरी १ स्थित हलगडामा युवा समूहको खुकुरी प्रहारबाट घर पालुवा कुकुरको हत्या भएको छ । स्थानिय मोहन बिश्वकर्माको घरमा पालेको जर्मन सेर्फड कुकुरलाई १२–१३ जनाको समूहमा आएका युवाहरुले घर तोडफोड गर्नुको साथै कुकुरको हत्या गरेका थिए । छोरा आयुससँग कुकुर डुलाउदा एक युवासँग विवाद हुँदा सोही बिषयलाई लिएर घरमा ति युवा समूहले आक्रमण गर्नुको साथै कुकुरमाथि खुकुरी प्रहार गरेका हुन् ।

बुधबार राती ७ बजेको समयमा खुकुरी, छुरा र कट्टी बोकेका युवाहरुले घर भित्र रहेका आयुसमाथि आक्रमण गर्ने प्रयास गरेका थिए । तर छोराले ढोका थुनेर ज्यान जोगाउन सफल भएको बताउदै बुवा मोहनले पछि आक्रोशित युवाहरुले बाधेर राखेको कुकुरमाथि जथाभावी धारिलो हतियार प्रहार गरी कुकुरको हत्या गरेको बताए ।

घरमा छोरा मात्र थियो, दिउसो एकजना भाईसँग छोराको सामान्य भनाभन भएको रहेछ । साँझ ति भाईले १२–१३ जनाको समूह लिएर छोरामाथि आक्रमण गर्न आएका रहेछन् । छोरालाई आक्रमण गर्न नसकेपछि कुकुर काटेर भागेछन् ।’ मोहन भन्छन्– ‘छोरा घर भित्र ढोका थुनेर नबसेको भए छोराको पनि ज्यान जाने थियो’ ।

घटनापछि त्यस आसपासका स्थानियहरु आतंकित बनेका छन् । इलाका प्रहरी कार्यालय इटहरीमा घर र कुकुर आक्रमण गर्ने युवाहरु बिरुद्ध किटानी जाहेरी दिइएको छ । आक्रमण गर्ने सबै युवाहरुको खोजतलास भइरहेको इटहरी प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार